प्रमिला सुवेदीले गरीब दुःखीलाई भोजन गराउन गरिन् प्रदिपलाई सहयोग

प्रमिला सुवेदीले गरीब दुःखीलाई भोजन गराउन गरिन् प्रदिपलाई सहयोग

मनकारी एवम् समाजसेवी प्रमिला सुवेदीले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुलाई यही माघ १८ गते रातको एक छाक तातो खाना खुवाउनु भएको छ ।

“भोजन दान, महाकल्याण” सेवा नै धर्म हो भन्ने मुल ‘मन्त्र’ लाई आत्मसाथ गेर्ने कोमल हृदय भएकी प्रमिला मनकारी प्रमिलाले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका गरीब दुःखीलाई रातको एक छाक तातो खाना खुवाउनलाई युवा समाजसेवी प्रदिप घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्नु भएको थियो ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौ स्थित पिता खिल बहादुर सुवेदी र माता मायादेवी सुवेदीको कोखबाट २०४५ साल माघ १० गते सामान्य परिवारमा पहिलो सन्तानको रूपमा जन्मिएकी प्रमिलाका चार जना बहिनीहरु छन् । प्रमिलाको बाल्यकाल सामान्य रह्यो । प्रमिलाले मन्थली मा. वी. (साविक महेन्द्रोदय उच्च माध्यमिक विद्यालय) बाट स्नातक सम्मको अध्ययन पुरा गर्नु भएको छ ।

२०६१ सालमा एस्. एल्. सी. उत्रिर्ण गरेकी प्रमिलाले मन्थली नगरपालिका वडा नं. १२ गेलु निवासी प्रकाश कार्कीसँग २०६३ सालमा बैवाहिक जीवनको शुभारम्भ गर्नु भएको थियो । उहाँका उहाँका दुई छोरा छन् ।

बाल्यवस्था देखी नै परोपकारी कार्यमा अग्रसर रहने प्रमिला मिलनसार साथै अरुको दुःख पीडा देख्न नसक्ने परोपकारी भावना ओतप्रोत समाजमा रहेका दिनदुःखीहरुको दुःखमा आफूले सकेको साथ सहयोग गर्न सँधै तत्पर रहने गर्नुहुन्छ ।

प्रमिला सुवेदी भन्नुहुन्छः “मान्छे भएर जन्मदैमा कोही पुर्ण हुदैन, कर्म र भावना पनि त्यही अनुसार हुनुपर्छ भन्ने मान्यता सधैं रहन्छ । मान्छेलाई पैसाले कहिल्यै पनि पुग्दैन, आफूले कमाएको थोरै रकम मात्रै भए पनि समस्यामा परेको दुःखी गरीब कसैको सेवामा खर्चिन सक्यो भने त्यसबाट जति आनन्द प्राप्त हुन्छ, त्यो बराबरको आनन्द अरु केहीबाट पनि प्राप्त हुँदैन ।”

सामाजिक सेवाका साथै राजनीतिमा पनि रुची राख्ने प्रमिलामा जिल्ला विकास समितिमा केही वर्ष काम गरेको अनुभव छ । उहाँ विगत ३ वर्ष देखी हालसम्म मन्थली नगरपालिकामा कार्यरत हुनुहुन्छ ।

मन्थली नगरपालिका वडा नं. ४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंमा थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा साथ सकेको सहयोग र हौसला दिनलाई समाजसेवी प्रमिला सुवेदीले सबै सामु अनुरोध समेत गर्नु भएको छ ।

मानव कल्याणको लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै मंसिर १६ गते मन्थली नगरपालिकाको स्थापना दिवसको अवसरमा नगद सहित प्रशंसा प्रत्रले युवा समाजसेवी प्रदिप घिमिरेलाई सम्मान गरेको थियो । प्रदिप आम युवाको लागि एक उदाहरणीय पात्र बनेका छन् । प्रदिप एक लेखक, समाजसेवी साथै अध्यात्मिक ज्ञान भएका उदाहरणीय व्यक्ति हुन् । उनीसँग कुरा गर्दा घण्टौं वितेको पनि पत्तै हुँदैन ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा जारी राखेका छन् ।

(नोटः तपाइँहरु पनि गरीब दुःखीलाई एक छाक तातो खाना खुवाएर प्राण बचाउने कार्यमा सरिक हुन इच्छुक हुनुहुन्छ भने प्रदिप घिमिरे अमूल्य को फोन नं। ९८४११४१४६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार