स्वर्गीय पिताको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन कार्की परिवारद्वारा प्रदिपलाई सहयोग

स्वर्गीय पिताको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन कार्की परिवारद्वारा प्रदिपलाई सहयोग

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ निवासी स्वर्गीय मोहन बहादुर कार्कीको पूण्य तिथिको स्मृतिमा माघ १६ गते उहाँका जेष्ठ पुत्र दिनेश कार्की बुहारी मञ्जु कुमारी कार्की कान्छो छोरा दिपक कुमार कार्की बुहारी गोमा कार्की, छोरी पविना कार्की खड्का एवम् ज्वाइँ दिवाकार खड्काले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त तथा असहाय भएका व्यक्तिहरुलाई रातको एक छाक तातो खाना खुवाउनु भएको छ ।

भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गेर्ने सफा हृदय भएका उदाहरणीय पात्र हुनुहुन्छ । समाजसेवी कार्की परिवारले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका व्यक्तिहरुलाई स्वर्गीय बुबाको स्मृतिमा गरीब दुःखीलाई रातको एक छाक तातो खाना खुवाउनु भएको छ ।

युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंमा थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई साथ सकेको सहयोग र हौसला दिनलाई सबैमा अनुरोध समेत गर्नु भएको छ ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा रही आएको छ ।

युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आएका छन् ।
नोटः तपाइँहरु पनि गरीब दुःखीलाई एक छाक तातो खाना खुवाएर प्राण बचाउन इच्छुक हुनुहुन्छ भने प्रदिप घिमिरे अमूल्य को फोन नं. ९८४११४१४६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार