गरीब दुःखीलाई भोजन गराउन प्रदिपलाई सगुन श्रेष्ठको  सहयोग

गरीब दुःखीलाई भोजन गराउन प्रदिपलाई सगुन श्रेष्ठको  सहयोग

अमेरिका बस्दै आएका समाजसेवी सगुन श्रेष्ठले उहाँको आत्मीय मित्र स्वर्गीय शिशिर विष्टको ६ महिनाको पूण्य तिथीको माघ १४ गते विष्टको चिर शान्तिको कामना गदैृ उहाँको स्मृतिमा काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त तथा असहाय भएका व्यक्तिहरुलाई रातको एक छाक तातो खाना खुवाउनु भएको छ ।

भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गेर्ने कोमल हृदय भएका सगुन श्रेष्ठ एक मनकारी व्यक्ति हुनुहुन्छ । सामाजिक भावनाले ओतप्रोत भएका सगुन श्रेष्ठले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका व्यक्तिहरुलाई स्वर्गीय बुबाको स्मृतिमा गरीब दुःखीलाई रातको एक छाक तातो खाना खुवाउनलाई समाजसेवी रञ्जन खनाल तथा आरती ज्ञवाली खनाल मार्फत प्रदिप घिमिरेलाई १० हजार सहयोग गर्नु भएको थियो ।

युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंमा थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा साथ सकेको सहयोग र हौसला दिनलाई समाजसेवी रञ्जन खनाल तथा आरती ज्ञवाली खनालले सबैमा अनुरोध समेत गर्नु भएको छ ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा रही आएको छ ।

युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृतीमा तथा स्वच्छीक रुपमा सहयोग गर्दै आउनु भएको छ ।

नोटः तपाइँहरु पनि गरीब दुःखीलाई एक छाक तातो खाना खुवाएर प्राण बचाउन इच्छुक हुनुहुन्छ भने प्रदिप घिमिरे अमूल्य को फोन नं। ९८४११४१४६८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार