रामेछापका जुनार कृषकलाई अनुदानमा प्रोटिन वेट वितरण

रामेछापका जुनार कृषकलाई अनुदानमा प्रोटिन वेट वितरण

रामेछापका जुनार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्रोटिन वेट वितरण गरिएको छ । जुनारमा लाग्ने औँसा किरा नियान्त्रणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले प्रोटिन वेट नामक विषादी वितरण गरेको हो । परियोजनाले जुनार जोन क्षेत्र अन्तरर्गत रामेछाप र मन्थली नगरपालिकाका जुनार किसानलाई ५० प्रतिशत अनुदानमा बगैँचा व्यवस्थापन तथा क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम अन्तर्गत जुनार जोनमा सुचिकृत १३ वटा कृषक समूह, १० वटा कृषि सहकारी र ४ वटा निजी फर्म गरी २७ ओटा संस्थाहरु मार्फत किसानलाई उक्त विषादी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख एवम बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार वितरण गर्ने गरी जुनार जोनमा सूचीकृत भएका २७ ओटा संस्थालाई ५ सय ५५ लिटर प्रोटिन वेट नामक विषादी वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार