रामेछापको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने

रामेछापको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने

रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । सैलुङ्ग खेलकुद विकास समिति दोरम्बा गाउँपालिका–२ दोरम्बाको आयोजनामा दोरम्बा वडाका आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितमा प्रथम हुने टिमको लागि एक लाख ५० हजार, द्धितिय हुने टिमको लागि १ लाख र तृतिय हुने टिमको लागि पचास हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ । प्रतियोगिता यहि चैत्र २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले चैत्र २३ गतेसम्म टिम दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार