रंङहरुको पर्व फागु आज तराईमा मनाइँदै

रंङहरुको पर्व फागु आज तराईमा मनाइँदै

रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । पहाडी क्षेत्रमा हिजो मनाइएको होली तराईमा भने आज मनाइदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार