कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै

कोरोनाविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्दै

नोबेल कोरोना भाइरसविरुद्धको चिनिया खोप आज काठमाडौँ आइपुग्ने भएको छ । खोपलगायका स्वास्थ्य सामग्री लिनका लागि बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज अहिले बिहान ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज हिजो साँझ चीनको राजधानी बेइजिङ गएको थियो ।

आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिएर निगमको जहाज काठमाडौँ अवतरण गर्ने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । चिनिया खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले निर्णय भएपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा सरकार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार