रुघाखोकीको लक्षण देखिए जाँच गर्न चिकित्सकको सुझाब

कोरोना सङ्क्रमणका बिभिन्न लक्षण मध्य रुघाखोकी पनि एक हो । मौसममा भएको परिवर्तनको प्रभावबाट पनि रुघाखोकी देखिन त सक्छ तर यस्तो बेलामा जाँच गर्दा कोरोना सङ्क्रमण देखिन्छ भन्ने भ्रम नागरिकमा देखिन्छ । चिकित्सक भने त्यसो नगर्न सुझाव दिन्छन् । कोरोनाको औषधि छैन भन्ने कारणले पनि कतिपयले जाँच नगराउने बरु घरेलु उपचार गर्ने गरेको पाइन्छ । […]

३२ जिल्लाबाट मात्रै काँग्रेसको क्रियाशील सदस्यता आयो

नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ। हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ।क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का […]

कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे काँग्रेसले अन्तरक्रिया गर्दै

कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली काँग्रेसले आज पार्र्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली काँग्रेसले जनाएको छ ।सभापति शेरबहादुर देउवा र वरिष्ठ […]

रामेछापमा थपिए ६३ जना कोरोना संक्रमित,३७ जना उपचारपछि निको

रामेछापमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज रामेछाप नगरपालिकाका ७ जना,दोरम्बा गाउँपालिकाका ३५ जना,गाकुलगंगा गाउँपालिकाका १९ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट ६१ जना र एन्टिजेन्ट परीक्षणबाट २ जना गरी ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका […]

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज दिउँसो २ः३० बजेको समयमा जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं १ का ५३ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमणको कारण प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा हिजो मात्रै सुनापती गाउँपालिकाका एक […]

रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यालय रामेछाले जिल्लामा दैनिक कोरोना संक्रमित थपिन थालेपछि जारी निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरिएको छ । निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द पनि गरिएको रामेछाप प्रशासनले एक सुचना […]

कोरोना नियन्त्रणमा सरकार गम्भिर नभएको काँग्रेस सभापति देउवाको भनाइ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना सङ्क्रमण बढिरहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभएको छ । देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका […]

कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताउनुभएको छ । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताउनुभयो । कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ , राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म […]

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, गोपनीयताको शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । हिजो राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री […]

कोरोना संक्रमणबाट रामेछाप दिमिपोखरीका एक पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण एक पुरुषको मृत्यु भएको छ । आज बिहान ३ बजे जिल्लाको सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछाप जनाएको छ । बैशाख २६ गते कोरोना पोजेटिभ आएपछी उनी होम आईसोलेसनमा बसेका थिए । केहिदिन पछी स्वास्थ्यमा समस्या देखापरेपछी उनलाई उपचारको लागी […]