जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज दिउँसो २ः३० बजेको समयमा जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं १ का ५३ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमणको कारण प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा हिजो मात्रै सुनापती गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार