रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यालय रामेछाले जिल्लामा दैनिक कोरोना संक्रमित थपिन थालेपछि जारी निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरिएको छ ।

निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द पनि गरिएको रामेछाप प्रशासनले एक सुचना प्रकाशित गरी जानकारी दिएको छ ।

कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी कुनै पनि व्यवधान आउन नदिनेगरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने सुचनामा भनिएको छ । कोराना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३० गते बिहीबार मध्यराति १२ः०० बजेदेखि जेठ ९ गते मध्यराति १२ः०० बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार