ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, गोपनीयताको शपथ ग्रहण

ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, गोपनीयताको शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाइ पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

हिजो राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्नुभएको थिएन, त्यसपछि राष्ट्रपति भण्डारीले आह्वान गरेको बहुमतको सरकारमा कसैले पनि दाबी पेश गर्न नसकेपछि प्रधानमन्त्री ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार