कोरोना नियन्त्रणमा सरकार गम्भिर नभएको काँग्रेस सभापति देउवाको भनाइ

कोरोना नियन्त्रणमा सरकार गम्भिर नभएको काँग्रेस सभापति देउवाको भनाइ

Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना सङ्क्रमण बढिरहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड इद उल फित्रका अवसरमा शुभकामना दिँदै सभापति देउवाले अहिलेको अवस्थामा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको बताउनुभएको छ ।

देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो सङ्क्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो गैरहेको सभापति देउवाले बताउनुभएको छ । यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार