कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउछु : प्रधानमन्त्री ओली

कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताउनुभएको छ । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताउनुभयो ।

कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ , राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु , उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि उहाँले आग्रह गर्नुभयो । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड १९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार