३२ जिल्लाबाट मात्रै काँग्रेसको क्रियाशील सदस्यता आयो

३२ जिल्लाबाट मात्रै काँग्रेसको क्रियाशील सदस्यता आयो

नेपाली काँग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ।

हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको काँग्रेसले जनाएको छ।क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का छन् । प्रदेश २ का आठवटै जिल्लाले क्रियाशील सदस्यता टुंग्याएर नामावली पठाउन सकेका छैनन् ।

क्रियाशील र नवीकरण गरी ४५ जिल्लाका ८० स्थानबाट सदस्यको नामावली केन्द्रमा आएको नेपाली काँग्रेसले जानकारी दिएको छ। ४५ जिल्लामा पनि कतिपयले नयाँ क्रियाशील सदस्यको नाम सूचीकृत गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार