रिहा भएलगत्तै लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडका फेरी पक्राउ

उच्च अदालत पाटनको आदेशमा थुनामुक्त भएका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडका फेरी पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले माग गरेको पाँच लाख टरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । खड्कालाई सम्पत्ती […]

रामेछापको लिखु तामाकोशी गाँउपालिका अध्यक्ष खड्का छुटे

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का रिहा हुने भएका छन् । जबरजस्ती करणीको आरोपमा पुर्पक्षको लागि रामेछाप कारागारमा रहेका अध्यक्ष खडकालाई थुनामुक्त गर्न विहिवार उच्च अदालतले आदेश दिएको हो । केहि महिना अघि शरिर बन्धक ठगी र वलत्कारको आरोमामा खड्का प्रहरी हिरासतमा रहेपनि जिल्ला अदालत रामेछापले गर्दै शरीर बन्दक मुद्दामा २ लाख, […]

रामेछापमा असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फल्यो

रामेछापमा यस वर्ष असार,साउनमा फल्नुपर्ने खुर्पानी पुसमै फलेको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ हिलेपानीमा यो समयमा खुर्पानी फलेको देख्न सकिन्छ । खुर्पानीका केही दानाहरु त राताकाला भएर पाकेका छन । पुस पहिलो हप्तादेखि नै खुर्पानी फल्न थालेपछि स्थानीय अच्चमित बनेका छन् । सामान्यतया वैशाखदेखि फूल फुलेर, असारतिर फल लाग्नुपर्ने खुर्पानी यस […]

रामेछाप साँघुटार थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र सन्चालनमा आएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो । सहरी स्वास्थ्य केन्द्र सन्चालन आएपछि वडा नम्बर २ र ३ का नागरीकहरुलाई निकै फाईदा पुग्ने छ । शहरी स्वास्थ्य केन्द्रबाट नियमित रुपमा गर्भवती जाँच, सुत्केरी जाँच, प्रसुति, परिवार […]

रामेछापमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना आईसोलेसनमा

रामेछापमा थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हिजो धुलिखेल प्रादेशिक ल्याबमा पिसिआर परीक्षणका लागी पठाइएको १ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमित व्यक्ति नेपाल आर्मिमा कार्यरत रहेको र उहाँलाई जिल्ला अस्पताल रामेछापको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो […]

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ […]

घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ गठन

रामेछापको मन्थलीमा सम्पन्न स्थानीय तहका कर्मचारीहरूको भेलाले घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ निर्विरोध निर्वाचित गरेको छ । वागमति प्रदेशका अध्यक्ष शिवजी पौडेलको अध्यक्षता एवं नेपाली काँग्रेस पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो । सो अवसरमा स्थानीयतह कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष नर बहादुर साउद, […]

भुकम्प गएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर बनेका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५० हजार ११६ निजि घरमा पुर्णरुपमा क्षेती पुर्याएको थियो । यसध्ये हालसम्म ४२ हजार ६६३ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार […]

रामेछापका एकसय २२ जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च

गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका रामेछापका १ सय २२ जना निर्वाचित जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत नबुझाएको पाईएको छ । रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले नै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले उम्मेदवारी वनेका सबै राजनितिक दलका नेताहरुलाई आयोगको समयसिमा […]

रामेछापको फर्पुमा रुखबाट लडेर वृद्धको मृत्यु

रामेछापको फर्पुमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नक्बर ६ फर्पुका ८२ बर्षिय दिपवहादुर खड्काको रुखबाट लडेर ज्यान गएको वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभएको छ । हिजो घर नजिकैको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडे्का वृद्धलाई रामेछापमा उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौं लैजाने क्रममा वृद्धको बाटैमा ज्यान […]