सुनापतीका कोरोना संक्रमितलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण

सुनापतीका कोरोना संक्रमितलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण

सक्षम स्मृती प्रतिष्ठानले रामेछापको सुनापति गाउँपालिकामा रहेका कोरोेना संक्रमितहरुलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको छ । सक्षम स्मृती प्रतिष्ठानका अध्यक्ष एवम नेपाल राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले करिब २ लाख मुल्य बराबरको पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको सुनापति गाउँपालिकाबाट अर्थमान तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाअध्यक्ष गिता विष्टको रोहबरमा उक्त सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । सुनापति गाउँपालिकाबाट कोरोना संक्रमितलाई थप उपचार गर्न काठमाडौँ लगायत अन्यत्र लैजानुपरेमा पनि संस्थाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार