रामेछापको सुनापती बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछापको सुनापती बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान गाडी दुर्घटना भएको छ । प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना हुँदा सो जिपमा सवार ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी सुनापति गाउँपालिका–४ लोप्राङ बस्ने बर्ष २२ का रामशरण श्रेष्ठ, लोप्राङकै बर्ष १८ का रोज बहादुर श्रेष्ठ, बर्ष २७ का हिमाल श्रेष्ठ, बर्ष ७५ का चक्र बहादुर श्रेष्ठ, बर्ष २४ का ज्ञान बहादुर श्रेष्ठ र बर्ष १८ का सोम बहादुर श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको हात खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले बताएको छ । उक्त गाडी सुनापति ४ वेथानको लोप्राङबाट बेथानकै डहु तर्फ जादै गर्दा लोप्राङको सडकवाट करिव ७० मिटर तल भिरमा खसेको थियो ।

सबै घाइतेको वेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । गाडी चालक सुनापती गाउँपालिका वडा नं ४ वेथानको लोप्राङका २२ बर्षिय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार