रामेछापमा अब विहान ५ बजेदेखी विहान ९ बजेसम्म पसल खोल्न पाईने

रामेछापमा अब विहान ५ बजेदेखी विहान ९ बजेसम्म पसल खोल्न पाईने

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज राति १२ बजेदेखी लागू हुने गरी असार २ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञा थप भएपनि जिल्लामा बैङ्क तथा वित्तीय संस्था र पसल तथा व्यवसायहरु सन्चालन गर्न पाउने समय भने केही हेरफेर गरिएको छ ।

अब अत्यावश्यक सामाग्री पाइने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गरी बिहान ५ः०० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।
बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गरी हप्ताको तीन दिन बिहान १०ः०० देखी दिउँसो २ः०० बजेसम्म सेवा प्रवाह गर्न पाउने छ्न ।

मंगलबार बसेको जिल्ला स्तरीय कोभिड –१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना सङ्क्रमण दर दैनिक बढीरहेको भन्दै अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार