रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय ७१ पुगेको छ । पिसिआर परिक्षण मार्फत १ हजार १ सय १२ र एन्टिजिन परिक्षण मार्फत ५ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । यी मध्ये एक हजार ६४ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । आज २९ जना कोरोनामुक्त भएका छन ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५९४ जना रहेको छ । १७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १३ जनाले ज्यान गुमाएका छ्न । जिल्लाका ९३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार