रामेछाप बजारमा बन्यो चिटिक्क परेको प्रतिक्षालय,नगर प्रमुखद्धारा उद्धघाटन

रामेछाप बजारमा बन्यो चिटिक्क परेको प्रतिक्षालय,नगर प्रमुखद्धारा उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका–८ रामेछाप विच बजारमा चिटिक्क परेको प्रतिक्षालय निर्माण भएको छ । हाट बजारमा आउने नागरीकहरु र बाटो हिँड्ने बट्ुवाहरुका लागी पानी पर्दा ओत लाग्न र यात्रुहरुलाई यातायातको साधन कुर्नको लागि सहज होस भनेर वडा कार्यालयले प्रतिक्षालय निर्माण गरेको हो ।

नव निर्मित प्रतिक्षालयको रामेछाप नगरपालिकाका प्रमुख नर बं थापा मगरले उद्धघाटन गर्नुभयो । नगर प्रमुख थापा मगरले प्रतिक्षालय निर्माण भएसँगै तातो घाम लागेको समयमा शितलमा बस्न र पानी परेको समयमा ओत लाग्न नागरीकहरुलाई सहज हुने बताउनुभयो ।

रामेछाप नगरपालिका– ८ का वडा अध्यक्ष केदार कार्कीले अहिलेसम्म वडाभरीका विभिन्न ९ वटा ठाउँमा प्रतिक्षालय निर्माण भैइसकेको बताउनुभयो । आफनो कार्यकाल भित्र अझै ३ ठाउँमा प्रतिक्षालय निर्माण हुने बताउनुभयो । यस वर्ष वडाभित्र ५ लाखको लागतमा ३ वटा प्रतिक्षालय निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार