रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो । जेठ २५ र २६ गते रामेछाप नगरपालिकामा, जेठ २६ र २७ गते मन्थली नगरपालिका सहित उमाकुण्ड,गोकुलगंगा, लिखु तामाकोशी, दोरम्बा, सुनापति र खाँडादेवी गाउँपालिकामा कोरोना विरुद्धको भेरोसेल खोप लगाइने छ ।

६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समुहका व्यक्तिलाई आफ्नो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालय रामेछापले आग्रह गरेको छ । रामेछापमा यसअघि करिब १८ हजार जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार