रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा थपिए २७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ७ जना,गोकुलगंगा गाउँपालिकामा ७ जना,दोरम्बा गाउँपालिकामा ४ जना,सुनापती गाउँपालिकामा ५ जना र तामाकोसी अस्पतालमा ४ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ६ सय २५ पुगेको छ । पिसिआर परिक्षण मार्फत १ हजार १ सय ४ र एन्टिजिन परिक्षण मार्फत ५ सय २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यी मध्ये एक हजार ३५ जना उपचार पछि स्वास्थ भैसकेका छ्न ।जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५७७ जना रहेको छ । १६ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १३ जनाले ज्यान गुमाएका छ्न । जिल्लाका १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार