रामेछापमा थपिए १२ जना कोरोना संक्रमित,आज ४६ जना निको

रामेछापमा थपिए १२ जना कोरोना संक्रमित,आज ४६ जना निको

रामेछाप जिल्लामा आज १२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा दुई जना, दोरम्बा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा सात जना र सुनापति गाउँपालिकामा दुई जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय १५ पुगेको छ । आज ४६ जना कोरोनामुक्त भएका छन । जिल्लामा एक हजार २८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् ।

जिल्लामा जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१७ जना पुगेको छ । १७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १५ जनाले ज्यान गुमाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार