फुलासी स्वास्थ्य चौकीलाई लालीगुँरास युवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

फुलासी स्वास्थ्य चौकीलाई लालीगुँरास युवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

रामेछापको मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत ४ थान अक्सिजन सिलिण्डर र ५ हजार थान माक्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको संस्थाको अध्यक्ष सन्तोष चौहानले जानकारी दिनुभयो ।

फुलासी स्वास्थ्य चौकीका अध्यक्ष सोम बहादुर लामाले अहिलेको यो विषम अवस्थामा संस्थाले गरेको सहयोग निकै महत्वपुर्ण रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संस्थाले सहयोग गरेको माक्स, अक्सिजन सिलिण्डरका कारण अहिले स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढेको समेत बताउनुभयो । संस्थाले यस अघि पनि माक्स तथा स्यानिटाइजर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार