जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज बिहान अस्पतालमा उपचारत एक पुरुषको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ८ सल्लेका ७७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्युकको शव नयाँ गोरख दल गणका तालिम प्राप्त सेनाहरुले व्यवस्थापन गरेका छ्न ।

यस्तै ओम हस्पिटल काठमाडौंमा बुधबार ८७ वर्षका एक पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिका वडा नं १ का ८७ वर्षका पुरुषको बुधबार ओम हस्पिटलमा उपचारका क्रममा ज्यान गएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार