ग्लोबल आइएमई लघुवित वितिय संस्थाद्वारा विमा वापतको १ लाख ८३ हजार हस्तान्तरण

ग्लोबल आइएमई लघुवित वितिय संस्था लिमिटेड रामेछापले आफ्ना एक सदस्यको जिवन विमा वापतको रकम १ लाख ८३ हजार विमितको परिवारजनलाई हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई लघुवित वितिय संस्थाको समूहमा बसी ऋण तथा बचत कारोवार गर्दै आएका सदस्य रामेछाप नगरपालिका वडा नम्बर २ का नानीमैया सार्कीको मृत्यु भएपछि निजको विमा वापतको रकम उनको श्रीमान खेटे […]

भक्तपुरको गेष्ट हाउसमा प्रहरीको छापा रामेछापका एक सहित १४ जना पक्राउ

भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालक सहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला छन् । लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो । पक्राउ पर्नेमा […]

रामेछापमा कोरोना संक्रमितको संख्या २१३ पुग्यो, १७५ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १० जनामा गरी हालसम्म २ सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । […]

रामेछाप खाँडादेवी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ७ घर भएका वर्ष २५ का उक्त कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमति कर्मचारी होम आईसोलेसनमै बसेको उहाँले बताउनुभयो । असोज २१ गते गाउँपालिकाबाट २८ जनाको स्वाब […]

रामेछाप दोरम्बाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा सुर्केमा रहेको एक आधारभुत विद्यालयमा कार्यारत वर्ष ३२ का एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । महोतरी जलेश्वर घर भएका शिक्षकमा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना […]

रामेछापका १६६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,३९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १७ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १५ सय २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ […]

कोरोना संक्रमणको जोखिमका कारण रामेछाप बजार सुनसान

विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको छ । रामेछाप बजारका केहि स्थानिय सहित जिल्ला अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकमी र रामेछाप नगरपालिका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण फैलन नदिन रामेछाप नगरपालिकाले बजार क्षेत्रमा कडाई गरेको छ । नगरपालिका भित्रका […]

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द

जिल्ला अस्पताल रामेछापमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ । हिजो अस्पतालमा कार्यरत ७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा आकास्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्म लागि अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द रहने अस्पतालका डाक्टर रोशन ग्वाछाले जानकारी […]

रामेछाप नगरपालिकामा विहान ५ बजेदेखि १० बजेसम्म मात्रै पसल खोल्न पाईने

कोरोना संक्रमण तिव्र रुपमा फैलिदै गएपछि रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले थप कडाई गरेको छ । अबदेखि नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केहि स्थानिय सहित नगरपालिकाको केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि […]

रामेछापमा कोरोना सक्रमित संख्या सय नाघ्यो, अझै ९५ जनाको रिपोर्ट आउनै बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । आज थप रामेछाप जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या सय नाघेको हो । रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय १ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५ जनामा कोरोना […]