प्रमुख प्रशासकिय अधिकृत लामगादे सहित राम्रो काम गर्ने २३ जना कर्मचारी सम्मानित

प्रमुख प्रशासकिय अधिकृत लामगादे सहित राम्रो काम गर्ने २३ जना कर्मचारी सम्मानित

रामेछाप नगरपालिकाले दशौँ नगर सभाको अवसरमा उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको दशौँ नगर सभाको अवसरमा आज प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहित २३ जना कर्मचारी सम्मानित भएका हुन । सम्मानित हुनेहरुमा अधिकृतहरु होम ब थापा,मदन सुवेदी,विष्णु ब कार्कीकाजी शेर्पा,हरिभगत श्रेष्ठ,नारायण सुवेदी,कृष्ण ब भुजेल,दिपक कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी ईन्जिनियर प्रविण गिरी,स्वकीय सचिव लक्ष्मण श्रेष्ठ,कम्प्युटर अपरेटर नारायण कार्की लगायत कानुनी सल्लाहकार,वडासचिव,कार्यालय सहयोगी,सवारी चालक पनि सम्मानित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार