हामीले विकासको जग बसाल्यौ : नगर प्रमुख थापा मगर

हामीले विकासको जग बसाल्यौ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरले नगरपालिकामा सन्तोषजनक रुपमा विकासका कामहरु अगाडी बढेको बताउनुभयो । नगरपालिकाको दशौँ नगर सभालाई आज सम्बोधन गर्दै नगर प्रमुख थापा मगरले भन्नुभयो–“हामी निर्वाचित भएर आएको १÷२ वर्षसम्म त हामीले अलमलमै काम गर्यौँ । त्यो समय त हाम्रो ऐन नियम र कार्यविद्यी बनाउदै गयो ।”

“हामीले विकासको जग बसाल्यौँ । अब निर्वाचित भएर आउने जनप्रतिनिधीलाई काम गर्न धेरै सहज हुन्छ । यो पनि हाम्रो एउटा ठुलो उपलब्धी हो ।” नगर प्रमुख थापा मगरले भन्नुभयो । निकै चुनौतीहरुको सामना गरेर आजको दिनसम्म आईप्ुग्दा नगरपालिकामा सडक,खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्य लगायत समग्र क्षेत्रमा निकै परिवर्तन आएको भन्दै उहाँले रामेछाप नगरपालिका विधि र प्रक्रियाभन्दा बाहिर नहिँडेको बताउनुभयो ।

चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ : उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले ९० प्रतिशत पुरा गरेको बताउनुभयो । नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै कारण आफुहरु सफल जनप्रनिनिधी भएको उहाँको भनाई छ । अब केहि महिना मात्रै आफुहरुको कार्यकाल रहेको भन्दै उहाँले यो बाँकी समयमा पनि जनप्रतिनिधी,कर्मचारी सबै मिलेर लाग्न सके धेरै काम गर्न सकिने बताउनुभयो ।

राम्रो काम गर्ने २३ जना कर्मचारी सम्मानित

नगरपालिकाले दशौँ नगर सभाको अवसरमा उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई सम्मान गरेको छ । प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहित २३ जना कर्मचारी सम्मानित भएका हुन । सम्मानित हुनेहरुमा अधिकृतहरु होम ब थापा,मदन सुवेदी,विष्णु ब कार्कीकाजी शेर्पा,हरिभगत श्रेष्ठ,नारायण सुवेदी,कृष्ण ब भुजेल,दिपक कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी ईन्जिनियर प्रविण गिरी,स्वकीय सचिव लक्ष्मण श्रेष्ठ,कम्प्युटर अपरेटर नारायण कार्की लगायत वडासचिव,कार्यालय सहयोगी,सवारी चालक पनि सम्मानित भएका छन ।

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ ।

नगर उप प्रमुख सृजना खड्काले आ.व.२०७८÷७९ को पुरक विनियोजन विधेक २०७८ र रामेछाप नगरपालिकाका कर्मचारीहरुको सेवा व्यवस्थापन गर्न बनेको विधेक २०७८ प्रस्तुत गर्नुभयो । सभाले उक्त विधेक पारित गरेको छ । नगरसभा कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको उस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार