सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा रामेछापका गौतमको मृत्यु

सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा रामेछापका गौतमको मृत्यु

काठमाण्डौको छुट्टाछुट्टै दुई ठाउँमा दुर्घटना हुँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।दुर्घटनामा परि कालीकोटका विपिन विक र रामेछापका जीवनाथ गौतमको ज्यान गएको हो ।

विकलाई काठमाण्डौको बिजुली बजारको सडकमा बाटो काट्ने क्रममा गएराति टिपरले ठक्कर दिएको हो ।२२ वर्षका विकलाई ठक्कर दिने टिपर र चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यस्तै रामेछापका गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । ६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२ ० ३१ प ७५ ६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार