विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोपमा शारदा मावि गेलुका शिक्षक पक्राउ

विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोपमा शारदा मावि गेलुका शिक्षक पक्राउ

आफुले पढाउने विद्यार्थी छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान दुध पु¥याएर शिक्षकको निवास नजिकैबाट घर फर्कँदै गरेकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई शिक्षक गुप्ताले परीक्षाको नतिजा हेर्न आफ्नो कोठामा आउन आग्रह गरेका थिए ।

तर छात्राले गुप्ताको कुरा नमानी घर जान लाग्दा शिक्षक गुप्ताले हात समातेर तान्दै आफ्नो कोठमा लगेको र जबर्जस्ती करणी प्रयास गरेको भन्दै उजुरी परेको हो ।कोठामा पुगेपछि शिक्षकले उत्तरपुस्तिका देखाउने बहानामा बलात्कार प्रयास गरेको छात्राको आरोप छ । शिक्षक गुप्ताबाट उम्केर भागेपछि साथीकहाँ पुगेकी छात्राले आमालाई घटनाबारे बताएपछि प्रहरीसम्म उजुरी पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार बालिकालाई अनैतिक कार्य गर्ने गुप्तालाई जबर्जस्ती करणी गर्ने उद्योगअन्तर्गत मुद्दामा अनुसन्धान गर्नका लागि आइतबार नै पक्राउ गरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार