तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताको उपाधि मन्थली १ ले जित्यो

तेस्रो मन्थली मेयर कप भलिवल प्रतियोगिताको उपाधि मन्थली १ ले जित्यो

रामेछाप सदरमुकाम मन्थलीमा संचालन भएको तेस्रो मन्थली मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका १ ले जितेको छ । आज मन्थलीमा भएको फाईनल खेलमा मन्थली ११ लाई पाराजित गर्दै मन्थली १ ले उपाधि जितेको हो ।

तिन दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा १४ वडाको टीम विच प्रतिस्पर्धा भएको थियो । विजयी खेलाडी तथा टिमलाई आज पुरस्कार वितरण गरिएको छ ।

मन्थली तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगितामा ए.भी.सी.ईन्टरनेशनल रेफ्री विकास गुरूङ, भलिबलका राष्ट्रिय निर्णायक खुम गाउँले मगर, राष्ट्रिय रेफ्री मनिक तामाङ र प्रदेश रेफ्री शुक्र बहादुर माझी लगाएत खेल प्रशिक्षकहरूलाई पनि प्रमाण पत्र प्रदान गरिएका थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार