रामेछापका आज ३७ जनाले जिते कोरोना, आजै पाँच जना सङ्क्रमित थपिए

रामेछापमा आज थप ३७ जना कोरोनामुक्त भएका छन् भने पाँच जना सङक्रमित थपिएका छन् । होम आइसोलेसनमा रहेका ३६ जना र संस्थागत आइसोलेसनमा रहेका एक जना कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै कोरोनामुक्त हुनेको कुल सङ्ख्या १११ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार आइतबार गोकुलगङ्गा गाउँपालिकाका दुई जनाको पीसिआर रिपोर्ट र […]

रामेछापमा थपिए ६३ जना कोरोना संक्रमित,३७ जना उपचारपछि निको

रामेछापमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज रामेछाप नगरपालिकाका ७ जना,दोरम्बा गाउँपालिकाका ३५ जना,गाकुलगंगा गाउँपालिकाका १९ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट ६१ जना र एन्टिजेन्ट परीक्षणबाट २ जना गरी ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका […]

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज दिउँसो २ः३० बजेको समयमा जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं १ का ५३ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना संक्रमणको कारण प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा हिजो मात्रै सुनापती गाउँपालिकाका एक […]

रामेछापमा जारी निषेधाज्ञामा थप कडाई

जिल्ला प्रशासन कार्यालय रामेछाले जिल्लामा दैनिक कोरोना संक्रमित थपिन थालेपछि जारी निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा सञ्चालित सरकारी तथा सार्वजनिक संस्थान अन्र्तगतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा आजबाट बन्द गरिएको छ । निषेधाज्ञा अवधिभर सरकारी तथा सार्वजनिक संस्थानका सवै कार्यालहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द पनि गरिएको रामेछाप प्रशासनले एक सुचना […]

कोरोना संक्रमणबाट रामेछाप दिमिपोखरीका एक पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण एक पुरुषको मृत्यु भएको छ । आज बिहान ३ बजे जिल्लाको सुनापती गाउँपालिका–२ दिमिपोखरी निवासी ६३ बर्षका एक पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछाप जनाएको छ । बैशाख २६ गते कोरोना पोजेटिभ आएपछी उनी होम आईसोलेसनमा बसेका थिए । केहिदिन पछी स्वास्थ्यमा समस्या देखापरेपछी उनलाई उपचारको लागी […]

गरीब दुःखीका हिरो रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्य

सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय चर्चाको शिखरमा छन् । उनी २०५९ सालदेखी नै विभिन्न समामाजिक कार्यमा समर्पित थिए । पछिल्लो समय भने जब कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल सरकारले २०७६ चैत्र ११ बाट लकडाउन सुरु गरेको थियो । लकडाउन शुरु भएको केही दिनदेखी गरीब दुःखीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएका घिमिरे […]

रामेछापमा थपिए ४४ जना कोरोना संक्रमित

रामेछापमा आज थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज उमाकुण्ड गाउँपालिकाका २१ जना, खाँडादेवी गाउँपालिकाका २१ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट २१ जना र एन्टिजेन्ट परीक्षणबाट २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी […]

कोरोना सङ्क्रमण न्युनीकरणमा रामेछापका स्थानीय तह सक्रिय

रामेछापमा कोरोना सङ्क्रमणको दर बढेपछि स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा सक्रिय भएका छन् । जिल्लामा कोरोनाको दोस्रो लहरका कारण सङ्क्रमण दर बढ्दै जादा ८ वटै स्थानीय तहहरु सङ्क्रमण न्यूनिकरणमा जुटेका हुन् । कोरोना सङ्क्रमितहरुको पहिचान, ओसारपसार तथा उपचार र आइसोलेसनमा राख्नेदेखि पूर्वाधार विकाससम्ममा स्थानीय तहहरु क्रियाशील बनेका छन् । बढ्दो सङ्क्रमणको लहरलाई रोकथाम तथा न्यूनीकरण गर्न […]

आजदेखी रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । आज राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर आज राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]

भोलिदेखि रामेछाप जिल्लाभर निशेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभर निशेधाज्ञा गर्ने भएको छ । भोलि राती १२ बजेदेखि लागू हुनेँ गरि जिल्लाभर निशेधाज्ञा हुने प्रशासनले जनाएको छ । जिल्लामा निश्चित क्षेत्र तोकेर मात्रै निशेधाज्ञा जारी गरिएको थियो तर भोलि राति १२ बजेदेखि लागू हुनुगरी जेठ ९ गते राती १२ बजेसम्म निशेधाज्ञा गर्न लागिएको प्रशासनले एक सूचना प्रकाशित गरि जानकारी […]