शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

शारदा संस्कृत मावि रामेछापले निशुल्क खाने,बस्ने व्यवस्था सहित कर्मकाण्ड पढाउँदै

रामेछाप जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको छ । खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो ।

पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड पढाउन थालिएको विव्यस अध्यक्ष घिमिरेले बताउनुभयो । अहिले रामेछाप र दोलखाका १० जना विद्यार्थीहरु कर्मकाण्ड पढिरहेका छन । कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले कर्मकाण्ड अध्यन गरिहेको उहाँले बताउनुभयो ।

अन्य विभिन्न जिल्लाका कर्मकाण्ड पढ्न ईच्छुक विद्यार्थीहरु आएमा उनिहरुलाई पनि खाने,बस्ने व्यवस्था सहित पढाईने विव्यस अध्यक्ष घिमिरेले बताउनुभयो । कर्मकाण्ड अन्तर्गत रुद्रि,चण्डी,वेद,भागवत पढाईने उहाँले बताउनुभयो । निशुल्क कर्मकाण्ड पढाउनका लागी आवश्यक पर्ने रकम व्यवस्थापन गर्ने काम भइरहेको विद्यालयले जनाएको छ ।

स्थानियतह,विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आफुले सकेको सहयोग प्रदान गरेर पुरोहित पेशा र संस्कृत भाषा लोप हुनबाट जोगाउन विव्यस अध्यक्ष घिमिरेले आग्रह गनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार