शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि चण्डेश्वरी मावि बन्द

१९ गतेपछि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालयमा नियमित पठनपाठन सुचारु गरिने

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि चण्डेश्वरी मावि बन्द

१९ गतेपछि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालयमा नियमित पठनपाठन सुचारु गरिने

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४ मा रहेको चण्डेश्वरी माविका शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि ८ दिनका लागी विद्यालय बन्द गरिएको छ ।

विद्यालयका शिक्षक र विद्यार्थीमा आज कोरोना परीक्षण गर्दा केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखी १९ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले एक सुचना प्रकाशित गरि जनाकारी गराएको छ ।

१९ गतेपछि स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालयमा नियमित पठनपाठन सुचारु गरिने विद्यालय प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार