साथीलाई खुकुरी हानेर भागेका रामेछापका तामाङ पक्राउ

साथीलाई खुकुरी हानेर भागेका रामेछापका तामाङ पक्राउ

काठमाण्डौमा आफ्नै साथीलाई खुकरी हान्ने रामेछापका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालीका वडा नम्बर ८ शेषमती लामबजार नजिक सामान्य विषयमा विवाद हुँदा दोलखाका सुवास तामाङलाई खुकुरी हान्ने रामेछाप लिखु तामाकोशीका शनि तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

साथीलाई खुकुरी हानेर भागेका शनि तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत आक्रमण गरेका थिए । घाइते भएका प्रहरी नायब निरीक्षक अवस्थी र खुकुरी हान्ने तामाङ दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार