रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

जिल्लामा यो सहित १ लाख ७५ हजार एक सय पचास मतदाता पुगेका छन ।

रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

जिल्लामा यो सहित १ लाख ७५ हजार एक सय पचास मतदाता पुगेका छन ।

रामेछाप जिल्लामा पाँच हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गते देखि पौष ९ गतेसम्म विभिन्न स्थानिय तहमा सन्चालन गरेको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् ।

२५ सय ७४ महिला र २७४६ पुरुष गरी ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछाप निर्वाचन अधिकृत मधुकर कुमार शाहले जानकारी दिनुभयो ।

लिखु तामाकोशी गाउँपालिकामा २३३,गोकुलगंगा गाउँपालिकामा ८५५,सुनापती गाउँपालिकामा ३६५,दोरम्बा गाउँपालिकामा ३८१,उमाुण्ड गाउँपालिकामा १ हजार ८७,रामेछाप नगरपालिकामा ४७७,खाँडादेवी गाउँपालिकामा २४१ जनाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ ।

सो अवद्यीमा जिल्ला निर्वाचन कार्यालय रामेछाप जिल्ला भित्रबाट ७५० र जिल्ला बाहिरबाट ३८ जनाले नामावली दर्ता गराएका छन । जिल्ला प्रशासन कार्यालयबाट ८९३ जनाले नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा यो सहित १ लाख ७५ हजार एक सय पचास मतदाता पुगेका छन ।

जिल्लाका ८ मध्ये निर्वाचन कार्यालय रहेको सदरमुकामको मन्थली नगरपालिका बाहेक ७ वटा स्थानिय तहमा दुई चरणमा मतदाता नामावली संकलन अभियान चलाईएको थियो । मतदाता नामावलीमा नाम छुटेकाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार