मन्थली नगरपालिकामा निःशुल्क मिर्गौला परीक्षण सुरु

“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली”

मन्थली नगरपालिकामा निःशुल्क मिर्गौला परीक्षण सुरु

“स्वस्थ मिर्गौला,स्वस्थ मन्थली”

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । आईतबारदेखी सुरु भएको मिर्गौला परीक्षण अभियान सबै वडामा सन्चालन गरिने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव फुयालले जानकारी दिनुभयो ।

नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क सबै नागरीकको मिगौला परीक्षण गर्ने उहाँले बताउनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ हजार नागरिकहरुको निःशुल्क मिर्गौला परिक्षण प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट गरिने स्वास्थ्य संयोजक फुयालले बताउनुभयो ।

मिर्गौला वचाउ अभियान अन्तर्गत राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका सबै नागरिकहरुको निःशुल्क मिर्गौला परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार