नेपाल निजामती कर्मचारी युनियन रामेछापको अध्यक्षमा पुनः दामोदर सुवेदी चयन

नेपाल निजामती कर्मचारी युनियन रामेछापको अध्यक्षमा पुनः दामोदर सुवेदी चयन

नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले दामोदर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा माधव प्रसाद पौडेल महिला उपाध्यक्षमा सुप्रभा कार्की र समावेशी उपाध्यक्षमा शिव कुमार महतो चयन भएका छन् । त्यस्तै सचिवमा शेषराज पौडेल, सह–सचिवमा उज्वल वस्नेत र कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः गणेश घिमिरे, कृष्ण बहादुर भुजेल, केशव प्रसाद दाहाल, ध्रुव कुमार मगर, शान्तादेवी ढकाल, गंगा थापा, बेख बहादुर खड्का र शिव चन्द्र श्रेष्ठ रहेका छन् । बाँकी दुई जना मनोनित गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार