रामेछाप दोरम्बाका ज्यान मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

रामेछाप दोरम्बाका ज्यान मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा कैद फैसलापछि २८ वर्षदेखि फरार रहेका रामेछापको दोरम्बा शैलङ गाउँपालिका–४ गौश्वाराका ५५ वर्षीय होमबहादुर थापामगर सोमबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाका अनुसार थापामगरलाई २०४९ साल कात्तिकमा छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा रामेछाप जिल्ला अदालतबाट २०५० साल फागुन १६ गते होमबहादुर थापामगरलाई २० वर्ष कैद हुने फैसला भएको थियो ।

उक्त फैसलापछि थापामगर फरार रहेका थिए ।प्रहरीले खोजी गर्दै गाउँ पसेको थाहा पाएपछि थापामगर घर छेउमा डोकोमा छोपिएर लुकेका थिए ।

उनी घरमा नभएको श्रीमतीले प्रहरीलाई भनेकी थिइन् । विशेष सुत्रका आधारमा थापामगर घरमै रहेको जानकारी पाएर पुगेको प्रहरीले डोकोमा छोपिएर लुकेको अवस्थामा थापामगरलाई नियन्त्रण्णमा लिएको बताएको छ ।

ढुंगानाका अनुसार जिल्ला अदालतले गजुरे मगरको कर्तव्य ज्यान मुद्दामा उनीसँगै दोषी ठहर गरेका दुई जनाले कैद भुक्तान गरिसकेका र एक जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार