ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण

ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण गरिएको छ । वडा नं ६ वडाकार्यालयले वडाका अपाङ्गता परिचय पत्र भएका ४५ जनालाई सिरक वितरण गरिएको वडाअध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो ।

जाडोमा अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने भन्दै यस वर्ष वडाकार्यालयले उहाँहरुको समस्या समाधान गर्ने प्रयास गरेको वडाअध्यक्ष खड्काले बताउनुभयो । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का र वडाअध्यक्ष खड्काले सिरक वितरण गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार