कर्तव्य ज्यान मुद्दा अभियोग लागेका २ जनालाई रामेछाप अदालतद्धारा पुर्पक्षका लागि थुनामा राख्न आदेश

कर्तव्य ज्यान मुद्दा अभियोग लागेका २ जनालाई रामेछाप अदालतद्धारा पुर्पक्षका लागि थुनामा राख्न आदेश

१२ वर्षअघि रामेछापको राकाथुममा भएको कर्तव्य ज्यान मुद्दा अभियोग लागेका २ जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको ईजलासले शुक्रबार राकाथुमका ज्ञानबहादुर तामाङ र उनका छोरा जयरामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरु दुवैलाई २०६६ साल असोज १८ गते काभ्रे जिल्लाको साविक मेच्छेपौवाका निखिल भन्ने तीर्थमान दोङ तामाङको कर्तव्य गरी ज्यान लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नबराज ढुंगानाका अनुसार २०६६ सालमा काभ्रे जिल्लाबाट कामको सिलसिलामा राकाथुम आएका तीर्थमानलाई पुरानो रिसईबीका कारण खुकुरी प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयले केही दिनअघि ज्ञानबहादुर तामाङलाई काभ्रेको बनेपाबाट र जयरामलाई राकाथुमबाटै नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार