भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाल पूर्व प्रहरी संगठनको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो ।

यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा क्षेत्र बहादुर बुढाथोकी, कोषाध्यक्षमा ढाकल थापा, सह कोषाध्यक्षमा यादव कुमार खड्का रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमश सूर्य नेपाली, रत्न थापा, कृष्ण बहादुर रानामगर, हेम बहादुर बरुवाल, पदम बहादुर श्रेष्ठ, मनमान नेपाली, भूपाल थापा, रामजी के शी, सिताराम खड्का लगाएतका रहेका छन् । बिधान अनुसार क्षेत्रगत र समावेसीका आधारमा ५ जना सदस्यहरु भने पछि मनोनित गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष खत्रीले बताउनुभयो ।

संगठनका निवर्तमान अध्यक्ष शरद लामाको अध्यक्षता एबं प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार