रामेछापको मन्थलीमा निर्माण भएको सेफ हाउस अझै सञ्चालनमा आउन सकेन

रामेछापको मन्थलीमा निर्माण भएको सेफ हाउस अझै सञ्चालनमा आउन सकेन

रामेछापको मन्थलीमा दुई वर्ष अघि नै निर्माण भएको सेफ हाउस अझै सञ्चालन हुन सकेको छैन । सेफ हाउस सञ्चालनमा नआउँदा मन्थली नगरपालिकामा घरेलु हिंसालगायत विभिन्न समस्या भोग्न बाध्य महिलालाई दिनहुँ उद्धार गरि सुरक्षित ठाउँमा राख्नुपर्ने अवस्था छ ।

तर पालिकामा व्यवस्थित र सुरक्षित आवास गृह अर्थात सेफ हाउस छैन । पालिकाले कृषि ज्ञान केन्द्रको गोदाम घरको दुईवटा कोठामा सेफ हाउस चलाइरहेको छ । सुरक्षित आवास गृहले हिंसा प्रभावितलाई पिडकबाट सुरक्षा र गाँसवाससहितको व्यवस्थापन गर्नुपर्ने भए पनि मन्थलीको यो आवास गृह व्यवस्थित छैन भने सुरक्षित पनि नभएको पीडितहरू बताउँछन् ।

तर मन्थली नगरपालिका २ मा २ वर्ष अघि निर्माण गरिएको २ तल्ले अल्पकालिन सेवा केन्द्र सेफ हाउस भने सञ्चालन भएको छैन । वागमति प्रदेश सरकारको ७० लाख र ७ लाख रुपैयाँको श्रमदानमा निर्माण गरिएको भवन अलपत्र परेको हो ।

सेफ हाउस तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयबासिन्दाको माग छ । भवन निर्माण उपभोक्ता समितिले भवनको चाबी बुझाएको छैन । चाबी हस्तान्तरणका लागि पटक पटक अनुरोध गरेपनि नपाएको मेयर लब श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार