रामेछाप कौछिनी बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

रामेछाप कौछिनी बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

रामेछापको मन्थली नगरपालिका– ७ को कौछिनीमा बिहीबार भएको बोलेरो जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै जनाको सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट बिहीबार मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बोलेरो सडकबाट करिब ७० मिटर तल खस्दा मन्थली नगरपालिका– ७ का ५० वर्षीय चालक दल बहादुर आले, ८२ वर्षीया नन्द माया भण्डारी, ५५ वर्षीया ज्ञान दानी तामाङ, ६८ वर्षीय जेनसुन तामाङ र सुनापति गाँउपालिका– १ गुन्सी घर भएकी ८ बर्षिया बालिका लाक्पा घिसिङ रहेको प्रहरीले जनाएको छ ।

चालकको उपचारका क्रममा रामेछाप सामुदायिक अस्पतालमा र अन्य ४ जनाको भने घटनास्थलमानै मृत्यु भएको रामेछापका प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते हुने ११ जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेकोले उनीहरुलाई मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको र उनिहरुको त्यहाँ उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जीप मोडने क्रममा ब्रेक नलागेपछि कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । जीपमा कुल १६ यात्री सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार