कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु

कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु

जिल्ला कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका ३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई उपचारका लागी जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो ।

जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङका अनुसार वर्ष ५२ का दर्जी यहि फागुन ४ गते जेल परेका हुन । मृतक दर्जी कर्तव्य ज्यान मुद्धामा जेल परेका थिए । मृतक दर्जीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार