रामेछाप ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट

रामेछाप ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा आगोलागीबाट जुनारको बगैँचा जलेर नष्ट भएको छ । सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायीक बनमा मंगलबार लागेको आगो जंगल नजिकैको जुनार बगैँचामा फैलिँदा जुनारको बगैँचा जलेर नष्ट भएको हो ।

फत्त बहादुर खड्काको सय बोट जुनार र लाल बहादुर तामाङ्ग्को तिन सय बोट गरि चारसय बोट जुनार जलेर नष्ट भएको स्थानिय सरिता खड्काले जानकारी दिनुभयो । आगोलागीबाट जुनारको बगैँचा जल्दा लाखौको क्षेती भएको उहाको भनाई छ ।

बार्षिक ८ लाख बढी आम्दानी हुँदै आएको जुनार बगैँचा नै जलेपछि आफुहरु पिडामा परेको जुनार कृषक फत्त बहादुर खड्काले बताउनुभयो । आगोलागीबाट जुनारको बोटहरु केही जलेर नष्ट भएका छन भने केही सुकेका छन । सिलिङ्गे चेप्टे ढुङ्गा सामुदायीक बनमा लागेको आगो भने नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानियले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार