एसईईका विद्यार्थीलाई विद्यालयमा पुगेर निःशुल्क सिम वितरण

एसईईका विद्यार्थीलाई विद्यालयमा पुगेर निःशुल्क सिम वितरण

नेपाल टेलिकम शाखा कार्यालय रामेछाप बजारले एसईईका विद्यार्थीलाई विद्यालयमा पुगेर निःशुल्क सिम वितरण गरेको छ । टेलिकम शाखा कार्यालय रामेछापका प्राविधिक बिमल काफ्लेका अनुसार श्री गौरी मावि परीक्षा केन्द्रमा एसईई दिने विद्यार्थीहरुलाई विद्यालयमै पुगेर सिम वितरण गरिएको हो ।

उक्त परीक्षा केन्द्रमा च्यास्कु,रामपुर,भंगरी र बाबियाखर्कका विभिन्न विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षा दिएका हुन । यि विद्यालयका ६५ जना विद्यार्थीहरुलाई सिम वितरण गरिएको प्राविधिक काफ्ले बताउनुभयो । एसईई दिएका विद्यार्थीहरुका लागि अफर सहितको निःशुल्क नयाँ सिम चाहिएमा नेपाल टेलिकमको कार्यालयमा आउन उहाँले आग्रह गर्नुभयो ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी लिएर टेलिकमको कार्यालयमा आउन पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यस्ता छन :  एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ ।

यो सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा एक सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, छ सय मिनेट टकटाइम र तीन सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा त्योभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि पाँच सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार