रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढेको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ ।

खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेको छन् । बनसँगै बस्ती पनि जोडिएर रहेकाले बढी डर हुने स्थानियहरुको भनाई छ । तर सम्भावित घटना नियन्त्रणका लागि कुनै निकायको पूर्वतयारी देखिएको छैन ।

विभिन्न स्थानमा पानी जम्मा गरी राख्ने, क्षती कम ठाउँठाउँमा अग्नी नियन्त्रण रेखा बनाउने, आगलागी भएमा अपनाउनुपर्ने सचेतनाबारे स्थानीयस्तरमा जानकारी गराउने जस्ता काम आगलागी हुनुअघी नै गर्नुपर्ने भएपनि कुनै निकायबाट त्यस्ता काम नभएको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार