नागरीक आरोग्य सेवा केन्द्र हिलेपानीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

नागरीक आरोग्य सेवा केन्द्र हिलेपानीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

रामेछाप नगरपालिका ७ सुकाजोर हिलेपानीमा रहेको नागरीक आरोग्य सेवा केन्दमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । बुधबार (आज) रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले आफ्नो रक्तचाप जाँच गराएर उक्त कार्यक्रमको सुरुवात गर्नुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम यहाँ पनि सुरुवात गरिएको हो । यो कार्यक्रम अन्तर्गत हरेक बुधबार लक्षित समुह ३० वर्ष वा सो भन्दा माथि समुहका व्यक्तिहरुले निशुल्क स्वास्थ्य परीक्षण गराउन सक्ने यहाँका कविराज तेज अधिकारीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत तालिम प्राप्त चिकित्सकहरुले नसर्ने रोग सम्बन्धि इतिहास र सम्पुर्ण शरिरको परिक्षण गरिने छ ।

तौल,उचाई,पेटको मोटाई,उच्च रक्तचाप,पिसाबको जाँच,रगतमा चिनिको जाँच लगायत परामर्श सेवा समेत प्रदान गरिने कविराज अधिकारीले बताउनुभयो । आज १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन । रामेछाप नगरपालिका ७ का वडाअध्यक्ष समिर कार्की सहितका स्थानियहरुले स्वास्थ्य परीक्षण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार