रातमाटा मगर समाजले जित्यो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजले जितेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ यहि पुस २४ र २५ गते भएको खेलमा रातमाटा मगर समाजले प्रथम स्थान हासिल गर्न सफल भएको छ । खेलमा प्रथम हुँदै रातमाटा मगर समाजले नगद […]

रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेभएको छ । नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने प्रतियोगितामा सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले […]

रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगर कार्यसमिति गठन

रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्य समिति गठन भएको छ । आज रामेछाप नगरपालिकाको सभाहलमा एक कार्यक्रमको विच नयाँ कार्य समिति गठन भएको हो । रामेछाप साँस्कृतिक कलाकार समाजका कार्य समिति सदस्य एवम नगर कार्य समिति गठन कार्यक्रमका संयोजक हरि बहादुर काफले मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट नविन पुलामी मगरको अध्यक्षतामा १३ सदस्य नयाँ […]

रामेछापमा प्रचण्ड–माधव समुहको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुह रामेछापले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम र विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरोधमा प्रचण्ड–माधव समुहले आइतबार सदरमुकाम मन्थलीमा विरोध कार्यक्रम अन्तर्गत सडकमा संविधान वाचन कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा प्रचण्ड–माधव समुह रामेछापका अध्यक्ष […]

रामेछाप उमाकुण्डकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उमाकुण्ड गाउँपालिका–२ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकप्टरबाट उद्धार गरिएको हो । कार्कीलाई हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत पहिलो पटक कार्कीलाई हेलिकप्टरबाट उद्धार […]

नेकपा प्रचण्ड–माधव समूह रामेछापले प्रधानमन्त्रीलाई पठायो संविधान

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह रामेछापले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । आज जिल्ला प्रशासन कार्यालय मन्थलीमा पुगेको रामेछाप कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा रामेछापवासीको तर्फबाट आफ्नो पार्टीले […]

वातावरण संरक्षणमा योगदान पुर्याउने रामेछाप नगरपालिकाका ३ जना सम्मानीत

वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वातावरण संरक्षण परियोजना रामेछापले रामेछाप नगरपालिकाका ३ जनालाई सम्मान गरेको छ । वातावरण संरक्षणमा योगदान पुराएको भन्दै परियोजनाले संस्थागत तर्फ श्री गौरीशंकर माध्यमिक विद्यालयलाई सम्मान पत्र सहित नगद ७ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरेको हो । विद्यालयले विद्यालय परिसरमा बोटविरुवा लगाएर हराभरा बनाएको छ भने फोहोरमैला व्यवस्थापनामा राम्रो काम […]

रामेछापमा थप १ जनामा कोरोना पुष्टि, १५ जना आइसोलेशनमा

रामेछापमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ । यो सँगै रामेछापमा १५ जना कोरोनाका सक्रिय संक्रमितहरु आईसोलेसनमा रहेका छन । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा १० जना गरी १५ जना कोरोनाका […]

के युवाहरु राजनीतिक पार्टीका गोटी मात्रै हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई भंग गरेपछि मुलतः नेपालको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग आयो । प्रधानमन्त्रीले संविधान लत्याएर प्रतिनिधि सभा भंग गरेको भन्दै पाटीभित्रैबाट चर्को आलोचना भयो, भैरहेकै छ । यो विषयमा विभिन्न राजनीतिक दलहरुले आफ्नो–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । नेकपा भित्र र बाहिरका नेताहरुले पनि विभिन्न टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली […]

जुनार खेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । जुनार जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाका १८ वटा कृषक समुहमा हाते ट्याक्टर, फल टिप्ने भर्याङ, खाडल खन्ने मेसिन ,स्पेयर , सिकेचर , पुङगिङ, […]